आपूर्ति प्रभावित हुनसक्ने भन्दै खाना पकाउने ग्यास सिलिण्डर खालि भए भरेर राख्न आग्रह

0
152

काठमाडौं – मुलुकमा कोरोना भाइरसको महामारी बढिरहेका बेला नेपाल एलपि ग्यास उद्योग संघले खाना पकाउने ग्यास सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । संघले आपूर्ति प्रभावित हुनसक्ने भन्दै खालि ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न अनुरोध गरेको हो । गत सालको लकडाउनमा पनि सबै उपभोक्तालाई ग्यासको अभाव हुन नदिएको स्मरण गर्दै संघले अहिले पनि ग्यासको अभाव हुन नदिन संघ लागिपरेको जनाएको छ । नेपाल आयल निगमले कोरोना महामारीमा सहजै सिलिन्डर उपलब्ध गराउन संघलाई पत्र काटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here