आन्दोलन गर्न आएका उखु किसानको हृदयघातबाट निधन

0
34

काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसान र सरकारबीच सम्झौता भएको सुनेर आन्दोलनमा आएका एक किसानलाई हृदयघात भएर मृत्यु भएको छ । सर्लाहीका नारायणराय यादव (भगत) काठमाडौँको आन्दोलनमा सहभागी थिए । उनले यसपाली पूरै भुक्तानी नलिर्इ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए तर भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाई हृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए ।

सम्झौता हुने बित्तिकै भगतले आफूलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको ? काठमाडौँबाट खाली हात फर्किन मनै छैन । घरमा यसपाली पैसा लिएर आउने भनेर आएको तर यहाँबाट पैसा नलिइ आन्दोलन स्थगित गरेको भन्दै’ चित्त दुखाएको नेता चौधरीले बताए । विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए ।


राति नै फोन गर्दा उहाँलाई निकै चिन्तित भएको पाएको थिएँ । चिन्ता नगर्नुस् तपाईसँग म भोलि भेट्छु जसरी पनि भुक्तानी लिएर मात्र घर जाने हो भनेर सान्त्वना दिएको थिएँ,’ नेता चौधरीले भने, ‘तर विहान अचानक फोन आयो कि भगतजी ट्वाइलेटमा लडेर बेहोस हुनुभयो रे । म गंगालाल अस्पतालमा पुगेको छु । डाक्टरले पनि तनावका कारण यो एट्याक भएको भन्नुभएको छ ।’

आन्दोलनमा भगतका साथ आएका मुकेश ठाकुरले भने, ‘यो भुक्तानीको विषयलाई लिएर वहाँ पहिलेदेखि नै तनावमा हुनुहुन्थ्यो । भुक्तानी नै नलिइकन सम्झौता भयो भनेर रातिदेखि नै चिन्तित हुनुहुन्थ्यो । विहान अचानक उहाँको छाती दुख्यो भनेर ट्वाइलेट जानु भएको वहाँ त्यहीँ बेहोस भएर ढल्नुभयो । हामीले तत्कालै हेल्पिङ ह्याण्ड अस्पतालमा भर्ना गर्यौँ । त्यहाँ डाक्टरले छाती थिचेर प्रेसरहरु दिएर हेर्नुभयो अवस्था नाजुक छ भन्दै थप उपचारका लागि उहाँलाई गंगालाल हृदय रोग केन्द्रमा रिफर गर्नुभयो । त्यहाँ नै उपचारको क्रममा उहाँको मृत्यु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here