‘आधि’ लिएर आइन उषा ।।।

0
28

काठमाडौं – बरिष्ठ साहित्यकार उषा शेरचनको उपन्यास ‘आधि’ मंगलबार विमोचन भएको छ । गीतकार, मुक्तककार, कवि अनि कथाकारका रुपमा आफूलाई साहित्यिक क्षेत्रमा स्थापित गराइसकेकि शेरचनको सो उपन्यास मंगलबार राजधानीमा विमोचन भएको हो ।
लोकसंस्कृति अन्वेषक एवं साहित्यकार चेतन कार्की, साहित्यकार पद्मावती सिंह र कुमारी लामाले संयुक्त रुपमा उपन्यास लोकापर्ण गरेका थिए । भने सोहि कार्यक्रममा चेतन कार्कीले शेरचनको साहित्यिक जीवनबारे प्रकाश पारेका थिए । ‘पोखराबाट मुक्तककारको रुपमा उदाएकी शेरचनले ”आधि”मा नाताभित्रै हुने बलात्कारको कथा खोतलेकी छन्’, कार्कीले उपन्यासमाथि टिप्पणी गरे ।
त्यस्तै पद्मावति सिंहले शेरचनको लेखनमा पाइने प्रवृतिगत विशेषताबारे चर्चा गरिन् । ‘जुनसुकै विधामा पनि महिलाले दिनहुँ भोग्ने सास्ती कहने शेरचनको लेखकीय गुण हो’, सिंहले भनिन्, ‘आधि उपन्यास नयाँ दिशामा अग्रसर नेपाली समाजको बिम्ब हो ।’

यस्तै उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक कुमारी लामाले ”आधि”ले महिलामाथि हुने यौनजन्य हिंसाको सग्लो तस्विर प्रस्तुत गरेको उल्लेख गरिन् । करिब दुई सय पृष्ठको उपन्यास बुक हिल पब्लिकेशनले बजारमा ल्याएको हो ।
उक्त उपन्यास लाइ हाम्रो तर्फदेखी पनि धेरै धेरै सफलताको शुभकामना ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here