आज हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

0
4

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदलीको अवस्था रहेको छ । दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभएको छ । त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना पनि रहेको श्रेष्ठको भनाइ छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना पनि छ । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरेकाले नेपालमा त्यसको प्रभाव नरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here