आज संसदको कोरोना परीक्षण गरिने, भोलिदेखि दुवै सदनको अधिवेशन सुरु

0
2

काठमाडौं – मंगलबारबाट संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुँदै छ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे बैठक स्थल लगायतको निरीक्षण गर्ने भएका छन्। संसद सचिवालयका अनुसार आज ३ बजेसम्म संसद भवनको स्काई हलमा सभामुख तथा सुरक्षाकर्मी सहित संघीय संसदआवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here