आज राष्ट्रिय सभा बैठक बस्दै

0
224

आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । बैठकको कार्यसूची तय गर्नका लागि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र राष्ट्रिय सभा अन्र्तगत रहेका विषयगत समितिका सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको राष्ट्रिय सभामा नेपाली काँग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् ।

प्रतिनिधि सभा विघटन भएका बेला राष्ट्रियसभामा पर्याप्त कामकारवाही नरहेको भन्दै राजनीतिक दलहरुको सहमतिमा राष्ट्रिय सभाको हिउँदे अधिवशेन छोट्याउने तयारीमा सरकार लागेको छ । यसबारे आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here