आज भारी वर्षाको सम्भावना बाढी पहिरो तथा डुवान हुन सक्ने भन्दै सतर्क रहन सरकारको आग्रह

0
10

काठमाडौँ – आज भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा डुवान हुन सक्ने भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ ।
आज सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५ र सदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा प्रदेश ५ र कर्णाली प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here