आज पनि बढ्यो सुनको भाउ

0
8

काठमाडौँ – सुनको भाउ आज पनि बढेको छ । तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । भाउ अझै बढ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here