आज पनि बढ्यो नेपाली बजारमा सुनको मूल्य

0
7

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य महँगीदै गएको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ६ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कायम भएको छ। चाँदी प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here