आज पनि नेपाली बजारमा सुनको मुल्यमा वृद्धि

0
6

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै नेपालमा छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहेको छ । जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० रहेको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर एक हजार २६५ पुगेको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here