आज पनि घट्यो सुनको मूल्य

0
22

काठमाडौँ – सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ। आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ६ सय रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here