आज पनि घट्यो सुनको मूल्य

0
11

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । हिजो मंगलबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here