आज पनि घट्यो नेपाली बजारमा सुनको मूल्य

0
6

काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ५ सय र तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ बिहीबारको भन्दा १००० रुपैयाँले सस्तो हो। आज चाँदी भने तोलामा १० रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here