आज पनि घट्यो नेपाली बजारमा सुनको मूल्य

0
11

काठमान्डौँ- बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९५ हजार प्रतितोला र तेजाबी सुनको मूल्य ९४ हजार ५०० प्रतितोला थियो । यसैगरी, आज चाँदीको मूल्य उकालो लागेको छ । महासंघका अनुसार ५ रुपैयाँ प्रति तोलाले बढ्दै चाँदीको मूल्य १ हजार १६५ रुपैयाँ पुगेको छ । हिजो यसको मूल्य १ हजार १६० रुपैयाँ कायम थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here