आज नेपाली बजारमा सुनको मूल्य स्थिर

0
5

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको भाउ आज सोमबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार पनि प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार पनि तेजावी सुन प्रतितोला ८८ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार पनि चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here