आज नेपालले भारत ‘ए’ सँग खेल्दै

0
5

काठमाडौं- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’सँग खेल्दैछ।

समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’ सँग खेल्न लागेको हो। पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो। यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो। इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here