आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

0
6

काठमाडौं- आज घरघरमा नागको फोटो टाँसेर नागपञ्चमी मनाईँदै छ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाईने नाग पञ्चमी घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै देशभर मनाउने गरिन्छ । यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ। श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चनासमेत गर्ने परम्परा छ। रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ।यस दिन काली नागको बासस्थान रहेको विश्वास गरिएको पाटनको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा मेला लाग्ने गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here