आज देशभर कांग्रेसको विरोध प्रदर्शन

0
109

काठमाडौ – संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध सडक प्रदर्शन गर्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक अपिल जारी गर्दै सरकारविरुद्ध सडक संघर्षमा उत्रन आम नागरिकलाई आग्रह गरेका छन्।
सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको आरोप कांग्रेसको छ। त्यस्तै कोरोना संक्रमण नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको आरोप पनि उसले सरकारविरुद्ध लगाएको छ।
सभापति देउवाले सोमबारको सांकेतिक विरोधपछि सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले हेटौँडामा, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा, युवा नेता गगन थापाले कैलालीमा हुने विरोध प्रदर्शनलाई संवोधन गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here