आज देशका अधिकांश भूभागमा पानी पर्ने

0
7

काठमाडौं – आज आइतबार पनि देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गएराती काठमाडौं लगायत आसपासमा हल्का वर्षा भएको थियो भने अहिले पनि केहि स्थानमा छिटफुट वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here