आज देखि खुल्यो जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपिओ

0
14
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबारदेखि आइपिओ बिक्री खुला गर्दैछ । लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १ सय रुपैयाँमा रुपैयाँमा आवेदन दिन सकिन्छ । २५ माघभित्र आइपिओ भरिसक्नुपर्नेछ । सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सकिनेछ । (समाचार स्रोत – न्युजसेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here