आज दिउसो साढे १ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

0
5

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा छलफल गर्नका लागि मन्त्रिपरिषद्को बैठक आज दिउसो साढे १ बजे बस्ने भएको छ । मन्त्रिपरिषद् बैठक दिउँसो बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदैछन् । पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here