आज दिउँसो २ बजे गठबन्धनले सिट बाँडफाँट गर्ने कार्यदलको दोस्रो बैठक बस्ने

0
14

काठमाडौ – सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल हुनेछ । चुनावमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनसकेको छैन । गएको २३ गते बसेको कार्यदलको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो । कांग्रेसका नेता कृष्ण सिटौला प्रमुख रहेको कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित यो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडफाँटका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरूलाई सुझाव पेस गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here