आज घट्यो कि बढ्यो सुन चाँदीको भाउ ? हेर्नुहोस

0
11

काठमाडौं – सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । छापावाल सुन आइतबार प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी रु, १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here