आज अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि

0
10

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार एक सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ९०० रुपैयाँ कायम भएको हो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै वृद्धि हुँदै ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर चाँदीको मूल्य भने गत बिहीबारको मूल्य पुनः १० रुपैयाँले घट्दै शुक्रबार प्रतितोला एक हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत बिहीबार बजारमा चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो । लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here