आजैदेखि लागू हुनेगरी घट्यो सार्वजनिक सवारीको भाडा दर, हेर्नुहोस कहाँ पुग्न कति लाग्छ? (सूचीसहित)

0
5

काठमाडौं- सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ र डिजेलमा चार रुपैयाँ मूल्य घटेको छ । सोही आधारमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको हो । घटेको भाडा दर आजैदेखि लागू हुने छ ।

आज समायोजन भएको भाडामा यात्रुवहाक सवारीमा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ३. ०९ प्रतिशत मूल्य घटाएर भाडा दर समायोजन गरिएको छ ।

कहाँ पुग्न कति भाडा ?

https://drive.google.com/file/d/1edGPz6Q-vLPoG-mEjFBlKR5YfmlaQBlR/view?usp=sharing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here