आजराति देखि लागू हुने गरि ​नेपालगन्जमा लकडाउनको घोषणा

0
98
A man rides on an empty street as long distance bus and land border crossings are shut down amid concerns about the spread of coronavirus disease (COVID-19), in Kathmandu, Nepal March 23, 2020. REUTERS/Navesh Chitrakar

काठमाडौं – कोरोना भाइरस संक्रमणका घटना बढेपछि नेपालगन्जमा आजराति देखि लागू हुने गरि लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकले बुधबार राति १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको छ । प्रशासनको विज्ञप्तिमा भनिएको छ, ‘दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यास पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने छन्,’ प्रमुख जिल्ला अधीकारी गेलालले भने,‘ जसमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here