आजदेखि ६६ पृष्ठको पासपोर्ट ५ हजारमा बनाउन पाइने

0
3

नेपाल सरकारले राहदानी (पासपोर्ट) बनाउँदा लाग्ने दस्तुर घटाएको छ । मन्त्रिपरिषदको जेठ २४ गतेको निणर्यअनुसार राहदानी नियमावली, २०७७ को अनुसूची ४ मा संशोधन गर्दै दस्तुर घटाएको हो । मन्त्रिपरिषदको निणर्य जेठ ३२ गतेको राजपत्रमा प्रकाशित भएकोले असार ३ गते आइतबारदेखि लागू हुनेगरी राहदानी दस्तुर घटाईएको हो । यसअघि ६६ पृष्ठको राहदानी लिदाँ १० हजार रूपैयाँ र ३४ पृष्ठको लिदाँ ५ हजार रुपयाँ तिर्नुपर्ने थियो । अब ५ हजार रूपैयाँ मात्र तिरे पछि ६६ पृष्ठको राहदानी पाउने भएको हो । साथै राहदानी सम्बन्धी अन्य व्यवस्था भने पूर्ववत् रहेकाे जनाएकाे छ । राहदानी विभागले साेही व्यवस्था अनुसार दस्तुर लिन विदेश स्थित सबै नेपाली नियाेगहरू, ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू र राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरूलाइ निर्देशन दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here