आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

0
6

काठमाण्डाै- सरकारले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सडक विभाग अन्तर्गतकाे सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले आउँदो भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो । कार्यालयले यसबारेमा गएको २५ गते सार्वजनिक सूचना नै निकालेर असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको जनाएको थियो । बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ । कार्यालयले भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here