आजदेखि प्रहरी रिपोर्ट अनलाइन मार्फत

0
6

काठमाडौं- आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले अहिले बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अहिलेसम्म नेपाल प्रहरीको बेवसाइटमा अनलाइनबाटै आवेदन लिएर प्रमाणपत्र जारी हुँदै आएको थियो ।

अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था सञ्चालनमा आएपछि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि सेवाग्राही स्वयम उपस्थित हुनुपर्ने, काठमाडौं आएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।
अनलाईन प्रणाली लागू भएपछि सर्वसाधारण आफैले आफ्नो जानकारी अनलाईनमा दर्ता गर्न सक्नेछन् । दर्ता गरेको तीन दिनमा अनलाइनबाटै चारित्रिक प्रमाणपत्रको विद्युतिय प्रति लिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here