आजदेखि तीन दिनका लागि बन्द भए पोखराका शैक्षिक संस्था

0
8

काठमाण्डौ- आँखा पाक्ने समस्या बढ्दै गएपछि कास्कीको पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी आजदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिनुुभयो ।

विद्यार्थीलाई सुरक्षित रुपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचना मूलक सन्देश सम्प्रेषण गर्न पनि महानगरले अनुरोध गरेको छ ।

देशैभर आँखा पाक्ने समस्या बढ्दो छ । सङक्रमण देखिए पछि पोखरासहित अरु कतिपय पालिकाले विद्यालय बन्द गरेका छन् ।

आँखा पाक्ने समस्या हुँदा आँखा रातो हुने, आँखाको डिल सुन्निएर हेर्न समस्या हुने, आँखाबाट पानी बगिरहने, आँखा चिलाउने, पोल्ने र बिझाउने, आँखामा पहेँलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एक आपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् ।

हरेक वर्षायाममा आँखा पाक्ने समस्या देखिने गरे पनि यस पटक प्रकोपकै रूपमा फैलिरहेको हो । समस्या देखिएका बिरामीलाई नआत्तिन, अस्पताल जान र सावधानी अपनाउन डाक्टरको सल्लाह छ।

सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले पनि नियमित साबुनपानीले हात धुन पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here