आजदेखि एक साता उपत्यकाको फोहर नउठ्ने

0
35

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि एक सातासम्म फोहोर नउठाउने भएकाले छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै अर्काे शुक्रबारसम्म फोहर संकलन नहुँने जनाउँदै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै राख्न आग्रह गरेको छ । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले फोहोर बोकेका गाडी पठाउन नसकिने भन्दै महानगरपालिकाले एक साता फोहोर संकलन नगर्ने भएकोहो ।
महानगरको उक्त सुचना जारी भएपछि आजबाट उपत्यकाका १८ वटै स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here