आजको संसद पनि अवरुद्ध गर्दै कांग्रेस

0
15

काठमाडौं – नेपाली कांग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।
शुक्रबारको बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here