आजको मौसम

0
20

हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त निम्न चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशातर्फ सर्दै जाने देखिन्छ । हिाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार पनि प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here