आखिर किन रमिता भयो सर्जक बासुदेव पोख्रेलको पिरती (हेर्नुहोस पुरा समाचार)

0
53

काठमाडौं- नेपाली गीत संगितको बजार तातिरहेको बेला गुल्मेली सर्जक तथा सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा “कठै पिरती ” नामक गीत सार्वजनिक भएको छ । बजारमा सार्वजनिक भएको “कठै मेरो पिरती, देख्निलाई रमिता भोग्निलाई पीडाको घेरो पिरती” गीतले प्रेम काहानी तथा समाजको यर्थाततालाई चित्रण गर्न खोजेको छ । माया प्रेम संग जोडेर बजारमा सार्वजनिक भएको गीतले छोटो समयमा नै नेपाली दर्शक तथा स्रोताको मन जितिरहेको छ । सर्जक तथा सञ्चारकर्मी बासुदेब पोखरेल भन्छन्, माया प्रेमका गित बजारमा दैनिक आएपनि अन्य गितको तुलनामा यो गित केही फरक रहेको छ । बजारमा सार्वजनिक भएको “कठै पिरती नामक गीतले एक अर्कोलाई माया गर्ने जोडिको सम्बन्ध टुटेपछि प्रेममा दुखी भएको बिषयलाई यस गितबाट देखाईएको छ । पोखरेल द्वारा शब्द सिर्जना भएको केही गीतले संगितको क्षेत्रमा दर्शक तथा स्रोताबाट चर्चा बटुलिरहेका छन् । बजारमा आएको उक्त गितमा सुरेश रमण अधिकारीले लय भरेका छन् भने सुरेश रमण अधिकारी र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतले प्रेम कहानीलाई बिशेष जोड दिएको पाइन्छ । गणेश के सीको निर्देशन रहेको गीतको भिडियोमा सन्दिप , सागर ,अञ्जलीको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोको छायांकन जापनमा भएको थियो गीत गणेश के सी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here