आखिर किन भयो त फेसबुकको रंग नीलो हेर्नुहोस कारण

0
3

विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालहरु हुन् फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप । विश्वभरीका मानिसद्वारा प्रयोग गरिने सबैभन्दा ठूला सोशल नेटवर्क पनि यी तीन नै हुन् । विश्वका करीब २० करोड मानिस दिनहुँ यिनै एप्लिकेशन्समा आफ्नो बढीभन्दा बढी समय बिताउँछन् । यी तीनै एप्सको डोरी एउटै मानिसको हातमा छ, जसको नाम हो मार्क जुकरबर्ग । ३७ वर्षको उमेरमा ७,२९० करोड डलर सम्पत्तिका मालिक बनेका जुकरबर्गको नाम आज विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिमा समावेश छ । मार्क जुकरबर्गले २२ वर्षको सानो उमेरमा फेसबुक नामक एउटा त्यस्तो एप्लिकेशन (कम्पनी) बनाए, जसलाई दिनहुँ विश्वका २५ प्रतिशतभन्दा बढी जनसंख्याले प्रयोग गर्छन् । आफ्नो जीवनमा धेरै उतारचढाव देखेका जुकरबर्गलाई उनका केही बानीले सधै आफ्नो लक्ष्यतिर बढ्न सहयोग पुगेको छ । उनको जीवनशैलीसंग सम्बन्धित १० रोचक कुराः

  • सन् २००६ मा फेसबुकलाई माइक्रोसफ्ट, वाईकम, गूगल, याहु, दी वाशिङ्टन पोस्ट जस्ता कम्पनीले किन्ने कोशिश गरेका थिए । याहू डटकमले त जुकरबर्गलाई १ बिलियन डलरमा कम्पनी बेच्न अफर पनि गरेका थिए । तर मार्कलाई आफ्नो कम्पनीमा भरोसा थियो । त्यसैले उनले त्यति ठुलो अफर एक पटकमै रिजेक्ट गरिदिए ।
  • जुकरबर्ग बाल्यकालदेखि नै रेड–ग्रीन कलर ब्ल्यान्डनेसबाट ग्रसित थिए । कुनै एक अथवा एक भन्दा बढी रंगको बारेमा थाहा नहुने उनलाई आँखा सम्बन्धि रोग रहेको थियो । कलर ब्ल्याइन्डनेसको समस्या भएका व्यक्तिको साधारण व्यक्तिभन्दा रंग चिन्ने शक्ति कम हुन्छ । त्यसैले जुकरबर्गलाई सबैभन्दा मन पर्ने रंग निलो रहेको छ ।
  • संसारका प्रायः सबै अर्बपति आफ्ना महंगा कार कलेक्शनका लागि परिचित छन् भने जुकरबर्ग पहिलादेखि नै साधारण गाडिमा घुम्न मन पराउँछन् । उनलाई अहिलेसम्म पनि महंगा र आकर्षक कारका शौख छैनन् ।
  • जुकरबर्ग संसारका सबैभन्दा पहिलो युवा स्वनिर्मित बिलिनियर हुन् । उनले २३ वर्षको उमेरमा नै फेसबुकको सहयोगले १५ करोड भन्दा बढी रुपैयाँ कमाएका थिए ।
  • जुकरबर्ग सन् २०१५ मा छोरीको बुबा बनेका थिए । त्यहि समयमा जुकरबर्गले आफ्नो व्यक्तिगत फेसबुक शेयरको ९९ प्रतिशत अर्थात ४५० करोड रुपैयाँ दान दिने घोषणा गरेका थिए ।
  • सन् २०१३ मा जुकरबर्गले फेसबुकको सीईओको पारिश्रमिक मात्र १ डलर बनाएका थिए । उनले आफुलाई वार्षिक बोनस नदिनका लागि आफ्ना स्टाफलाई भनेका थिए ।
  • जुकरबर्गले प्रिसिलासंग गरेको विवाह स्वयं उनका आफन्तका लागि सरप्राइज थियो । मार्क र प्रिसिला पछिल्लो ८ वर्षदेखि साथी थिए । त्यसपछि मात्र उनीहरुले अब आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्नु पर्ने सोचेका थिए । सन् २०२१ मा प्रिसिलाले मेडिकल स्कूलबाट स्नातकसम्मको पढाई पुरा गरेकी छिन् । पार्टीमा बोलाइएका १०० जना पाहुनालाई प्रिसिलाको ग्रेजुएशनको पार्टी होला भन्ने सोचेका थिए, तर उक्त पार्टी मार्क र प्रिसिलको विवाहका लागि थियो ।
  • फेसबुकभन्दा पहिला मार्कले फेसम्याश नामक एउटा अर्को सोशल नेटवर्किङ साइट निर्माण गरेका थिए, जसमा उनले हारवर्ड यूनिभर्सिटीका केही विद्यार्थीहरुको फोटोहरु अपलोड गरेर बाँकी विद्यार्थीहरुलाई त्यो हेर्न र आकर्षणको आधारमा नम्बर दिने मौका प्रदान गरेका थिए । केही समयपछि उक्त कुराले यूनिभर्सिटीको नियमकोे उल्लंघन भएको भन्दै मार्कलाई उक्त साइट बन्द गर्न लगाइएको थियो ।
  • मार्कले सन् २००५ मा फेसुबकलाई माइस्पेस यूके नामक कम्पनीका सामु २७५ मिलियन डलरमा किन्न प्रस्ताव राखेका थिए । तर उक्त कम्पनीका सीइओ क्रिस डीभुल्फले फेसबुकलाई धेरै मानिसले मन पराउँदैनन् भनेर उनको प्रस्ताव अस्वीकार गरेका थिए ।
  • विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक भएर पनि जुकरबर्गले पछिल्लो केही वर्षदेखि दिनहुँ एउटै रंगको टीशर्ट लगाउँछन् । यस बारेमा बोल्दै उनी भन्छन् – ‘समाजको विकासको बारेमा धेरै समय निकाल्न सकियोस् भन्नाका लागि आफ्नो जीवनशैलीको बारेमा कम भन्दा कम सोच्न चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here