आइसीयू र भेन्टिलेटरमा उपचार गराउने कोभिडका बिरामी बढे बागमती प्रदेशमा

0
146

काठमाडौं- कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै आइसीयू र भेन्टिलेटर उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको छ । बागमती प्रदेशको विभिन्न अस्पतालका आइसीयू र भेन्टिलेटरमा मात्रै २ सय ४२ जना उपचाररत छन् । आइसीयूमा उपचाररत कोभिड—१९ का बिरामीको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ८४ जना छन् ।
बागमती प्रदेशमै सबैभन्दा बढी भेन्टिलेटरमा उपचाररत ५८ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तंथ्याङ्कले देखाउँछ ।
प्रदेश १ मा ४५ जना आइसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै प्रदेश २ मा १२ आइसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने गण्डकी प्रदेशमा ७६ जना आइसियूमा र १५ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उता लुम्बिनी प्रदेशमा ६२ जना आइसीयूमा र ६ जना भेन्टिलेटरमा छन् भने कर्णाली प्रदेशमा ८ जना आइसीयूमा उपचाररत छन् । यसैगरी सुदूरपस्चिम प्रदेशमा १७ जना आइसीयूमा उपचाररत छन् ।
मन्त्रालयका अनुसार देशका विभिन्न भागमा रहेका अस्पतालको आइसीयू र भेन्टिलेटरमा ५ सय जना कोभिड—१९ का बिरामी उपचाररत छन् । होम आइसोलेशनमा भने २९ हजार ७ सय ३४ जना संक्रमित बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here