अस्मिता अधिकारी र यज्ञ विकको आवाजमा ‘म त सिकारु रिसाउन’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

0
9

काठमाडौँ- लोकप्रिय गायिका अस्मिता अधिकारी र यज्ञ विक सुमधुर स्वर रहेको लोक दोहोरी गीत ‘म त सिकारु रिसाउन’ बजारमा आएको छ । प्रल्हाद सुवेदीको शद्ध तथा यज्ञ विकको संगीत गीतको म्युजिक भिडियो शुक्रबार विन्ध्यवासिनी म्युजिक प्रा.लि. मार्फत बजारमा आएको हो । वान डिबी एचडी स्टुडियोमा रेकर्डिङ भएको उक्त गीत सुनिल परियारकाले एरेन्ज गरेका हुन् । गीतका शब्द र म्युजिक भिडियोमा नयाँ पुस्ताको माया प्रेमको कथा वस्तुलाई ऐना झैँ उतारिएको छ । अमन रानाले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा देविना घर्ती मगर र विजय पुन लगायत कलाकारहरुको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here