अस्ट्रियामा पूर्ण मात्रा खोप नलगाएका २० लाख मानिसहरूलाई लकडाउन

0
3

एजेन्सी – अस्ट्रियामा पूर्ण मात्रा खोप नलगाएका २० लाख मानिसहरूलाई लकडाउनमा राखिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अस्ट्रियामा लकदाउन लागुगरिएको विभिन्न मिडियाहरुले जनाएका छन्। ‘हामीले यो कदमलाई हल्का रूपमा लिएका छैनौँ, यो दुर्भाग्यपूर्ण तर आवश्यक छ,’ चान्सलर अलेक्सान्डर स्कालेनबर्गले भने । अस्पतालमा चाप बढ्न थालेपछि सोमबारदेखि लागू गरिएको यो प्रतिबन्ध सुरुमा १० दिनसम्म जारी रहने बताइएको छ । खोप नलगाएका मानिसहरूलाई काम गर्न वा खानेकुरा किन्नबाहेक घरबाहिर निस्कन बन्देज लगाइएको छ । यो १२ वर्षभन्दा मुनिका बालबालिका र भर्खरै कोभिडबाट निको भएकाहरूको हकमा भने लागू हुनेछैन । अस्ट्रियाका ६५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् । पश्चिमी युरोपमा यो सबैभन्दा कम हो । पछिल्ला सात दिनमा प्रति १ लाख जनसङ्ख्यामा सङ्क्रमण दर ८ सयभन्दा बढी रहेको छ । यो युरोपमा सबैभन्दा बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here