अवैध पटाका कारखानामा विष्फोट हुँदा पाँच जनाको मृत्यु

0
6

कलकत्ता- भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन् । ‘अहिलेसम्म पाँच जनाको शव निकालिएको छ’ अग्नि नियन्त्रण कार्यालयका एक अधिकृत आशिष घोषले बताए । दत्तपुकुरस्थित प्रहरी स्रोतका अनुसार विस्फोटमा परी अरु कैयौँको मृत्यु भएको र घाइते भएको आशङ्का गरिएको छ । यो समाचार तयार पार्दासम्म उद्धार कार्य जारी रहेको छ । घाइतेहरुलाई बारासातको एक अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here