अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिन प्रचण्ड द्वारा ओलीलाई आग्रह

0
114

काठमाडौं- नेकपा सांसदहरुलेनै प्रदेशसभामा कर्णाली प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराएपछि उत्पन्न परिस्थितिका विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै एक घण्टा छलफल भएको छ।
छलफलमा अध्यक्ष प्रचण्डले आफ्नै सरकार विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।
आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले पार्टी एकता नयाँ तरिकाले अगाडि बढिरहेका बेला यस्ता गतिविधिले एकता प्रक्रिया अवरुद्ध हुने र अविश्वासको वातावरण सृजना हुने भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
‘कर्णाली प्रदेश सरकार विरुद्ध ओली कमरेडकै निर्देशनमा अविश्वासको प्रस्ताव आएको भन्नेमा शंका रहेन,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘अध्यक्षले ओली कमरेडलाई पार्टी एकता नयाँ तरिकाले अगाडि बढिरहेका बेला यस्ता गतिविधिले एकता प्रक्रिया निष्कर्षमा पुर्याउन सहयोग गर्दैन, त्यसैले अविश्वको प्रस्ताव फिर्ता लिने गरी निर्देशन दिन आग्रह गर्नु भएको छ।’
प्रचण्डले एकताको कार्यभार पूरा नहुँदै विगतको सहमति नै तोड्ने गरी कदम चाल्दा नकारात्मक सन्देश जाने उल्लेख गर्दै स्थिरता दिने वाचा जनतामा गरेको भएपनि आफ्नै सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदा जनतामा नकारात्मक सन्देश जाने उल्लेख गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here