अर्थतन्त्र ट्रयाकमा ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री

0
5

काठमाडौं- राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ । बजारमा पैसा अभाव छ । व्यापार घाटा ९ खर्ब ५३ अर्ब रूपैयाँ पुगेको छ । उत्पादन र उपभोग घट्दा बजार चक्र प्रभावित छ । व्यवसायीको मनोबल खस्किएको छ । घरजग्गाको कारोबार शिथिल छ । वित्तीय संस्थाप्रतिको विश्वास घटिरहेको छ । सार्वजनिक ऋण बढिरहेको छ । मुद्रास्फिीति ७।८८ प्रतिशत पुगेको छ । सेयर बजार खस्किएको छ । आर्थिक वृद्धिको लक्ष्य निराशाजनक छ । मुलुकको अर्थतन्त्र मन्दीतर्फ उन्मुख छ । यी चुनौतीबीच नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् । यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका महत अर्थतन्त्रलाई ट्र्याकमा ल्याउनुपर्ने दबाबमा छन् । अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महतसँग राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको अनुभव छ । आजको नागरिक। दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here