अरुका नाममा परीक्षा दिन आएका ४ जना नक्कली परीक्षार्थी पक्राउ

0
11

काठमाडौँ – अरुका नाममा परीक्षा दिन आएका ४ जना नक्कली एमबीबीएस परीक्षार्थी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार उनीहरुलाई काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट पक्राउ गरेको हो। भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले नक्कली परीक्षार्थीविरुद्धको अपरेसन जारी रहेको बताए । ‘केही नक्कली परीक्षार्थी पक्राउ परेका छन्, अनुसन्धान टोली फिल्डमै भएकोले थप विवरण केहीबेरपछि सार्वजनिक गरिने उनले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here