अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास विफल, विष भरिएको पार्सलको प्रयोग

0
17

अमेरिकी राष्ट्रपपतीय निर्वाचनको लहर चलिहरेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास असफल भएको छ । ह्वाइट हाउसका उच्च अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई विष भरिएको पार्सल पठाउने प्रयास असफल पारिएको हो ।
पार्सल मार्फत पठाइएको रिसिन नामक विष छानविनका क्रममा बरामद गरिएको छ । अमेरिकाको कानून कार्यान्वयन विभागका अधिकारीहरुले ट्रम्पसमक्ष विष पठाउने प्रयासलाई विफल पारेका हुन ।
राष्ट्रपति ट्रम्पलाई दिन भनि पठाइएको पार्सललाई दुई पटक परीक्षण गरेपश्चात रिसिन नामक विष भएको खुलासा भएको हो । ह्वाइट हाउसका अधिकारहरुका अनुसार यसरी पठाइएका कुनै पनि बस्तु राष्ट्रपतिकोमा पुग्नु अगावै त्यसको गहन परीक्षण गरिन्छ ।
ह्वाइट हाउसमा पुग्ने कुनै पनि पार्सल, पत्रलगायतका बस्तुको परीक्षण गरी शंकास्पद बस्तुलाई अलग्याइने त्यहाँको सुरक्षा ब्यवस्था अन्तर्गतको नियमित कार्य हो ।
अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई पठाइएको पार्सल क्यानाडाबाट आएको हो । यस बारेमा अनुशन्धान सुरु भैसकेको छ । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार रिसिन अत्यन्तै घातक विष हो ।
यसको प्रयोग आतंकवादी हमलामा पनि हुने गरेको छ । यसलाई पाउडर, ट्याब्लेट वा एसिडका रुपमा पनि प्रयोग गरिन्छ । यो विष शरीरमा प्रवेश गर्नासाथ मृत्यु निश्चित हुने सिएनएनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here