अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोप २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने

0
12

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माण गरिरहेको अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोप २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता हो भन्नेमा निर्भर हुने कम्पनीका सीईओ स्टेफान बान्सेलले बताएका छन् । उनका अनुसार यो खोपको मूल्य फ्लुको खोप बराबरकै हो । फ्लुको खोपको भाउ १० देखि ५० डलरको बीचमा रहने गरेको उनको भनाइ छ ।
यसअघि गत सोमबार मोडर्नासँगको वार्तामा सहभागी ईयूका अधिकारीहरुले युरोपेली कमिसनले २५ डलरभन्दा कम मूल्यमा कोरोना खोप किन्ने प्रयास गरिरहेको बताएका थिए । यद्यपि बान्सेलले भने अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन् ।
मोडेर्नाले आफ्नो खोप कोरोना संक्रमण नियन्त्रणका लागि ९४ दशमलव ५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो । ईयूले पनि मोडेर्नाको यो खोप खरिद गर्ने प्रयास गरिरहेको छ ।

                                                                                                                                                                           
                                                                         स्रोत : रोयटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here