अमेरिकाले गर्नेभयो भारतलाई खोप, अक्सिजन र भेन्टिलेटर सहयोग

0
9
Presidential candidate and former Vice President Joe Biden released a detailed medical report.

काठमाडौँ – अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने वचन दिएको छ। आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने वचन दिएको हो। अमेरिकाले भारतलाई खोपको कच्चा पदार्थ, अक्सिजन निर्माण, भेन्टिलेटर, पीपीई किट, र्‍यापिड टेस्ट किट लगायतका सामग्री सहयोग गर्ने वचन दिएको बीबीसीले जनाएको छ। यसका साथै अमेरिकाले विशेषज्ञ टोली गठन गर्नेछ, जसले आवश्यक मद्दत पनि गर्ने छ। कोरोना संक्रमणको दोस्रो लहरबाट अहिले भारत संकटमा परेको छ। अक्सिजन, भेन्टिलेटर लगायतको अभाव भएको छ। यहीबीचमा सिंगापुर, युके, साउदी अरब, युएई लगायतका देशहरु भारतलाई सहयोग गर्न अघि सरेका बेला अमेरिका भने मौन थियो। अमेरिकाको मौनतालाई अप्रत्यासित मानिएको थियो। यद्यपि अहिले अमेरिकाले खोपको कच्चा पदार्थको निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको बीबीसीले जनाएको छ। यहीबीचमा भारतीय विदेशमन्त्री एश जयशंकरले अन्तर्राष्ट्रिय सहयोगको अपील गरेका थिए। यस्तै आइतबार अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सल्लाहकार अजित डोभालबीच आइतबार सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएको थियो। त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले महामारीको शुरुवातमा जसरी भारतले अमेरिकालाई सहयोग गरेको थियो, त्यसैगरी यो समय भारतलाई सहयोग गर्ने बताएका छन्। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि कोभिड महामारीको संकटमा अमेरिका भारतको साथमा रहेको बताएकी छन्। कोरोना संक्रमणको महामारीबाट विश्वभरमै अमेरिका र भारत सबैभन्दा बढी प्रभावित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here