अमेरिकामा प्रयोगशालामा बनेको कुखुराको मासु बिक्रीका लागि स्वीकृति

0
5

अमेरिकाले प्रयोगशालामा बनाएको कुखुराको मासुलाई बिक्रीको अनुमति दिएको छ । नियामक निकाय कृषि विभागले अपसाइड फुड्स र गुड मिट कम्पनीलाई प्रयोगशालामा तयार भएको मासु बिक्रीको अनुमति दिएको समाचारसंस्था एपीले जनाएको छ l खाद्य तथा औषधि प्रशासनले गएको नोभेम्बरमै प्रयोगको अनुमति दिएको थियो । कृषि विभागको अनुमतिपछि व्यावसायिक उत्पादन गर्न पाइन्छ । प्रयोगशालामा बनेर खाने बेलासम्म आइपुग्दा यस्तो मासुलाई ‘कल्चर्ड’ मासु भनिएको छ । यस्तो मासुको उत्पादनले खाद्य उत्पादनको वातावरणीय प्रभाव घटाउन मद्दत गर्ने उत्पादक कम्पनीहरुको दाबी छ । गुड मिट सञ्चालक इट जस्टका प्रमुख कार्यकारी जोश टेट्रिकले जनावर मार्नुभन्दा फरक तरिकाले मासु उत्पादन गर्न सकिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here