अमेरिकामा पूर्ण खोप लगाइसकेकाहरूले बाहिर हिँडडुल गर्दा मास्क लगाउन नपर्ने

0
152

काठमााडैं – अमेरिकामा पूर्ण खोप लगाइसकेकाहरूले बाहिर हिँडडुल गर्दा मास्क लगाउन नपर्ने भएको छ । खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा सानो समूहमा रहँदा मास्क लगाउन नपर्ने अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले घोषणा गरेको छ । तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउन पर्ने सीडीसीले जनाएको छ । हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । सीडिसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गरेका छन्। उनले कोरोनाभाइरस खोपका पूर्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताएका छन् । उक्त घोषणापछि उनी ह्वाइट हाउसमा मास्कविना केहीबेर हिँडेका थिए । महामारीविरुद्ध लडाइँमा अमेरिकाले सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here