अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या साढे दुई लाख नाघ्यो

0
86

काठमाडौं – अमेरिकामा कोभिड–१९ का कारण दुई लाख पचास हजार जनाभन्दा बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। कोरोना भाइरसका कारण अमेरिकामा विश्वमा सबैभन्दा बढी संक्रमण र मृत्यु भएको छ । अमेरिकामा पुनः सङ्क्रमण उच्च दरमा देखिन थालेको छ ।
अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देश एकदमै महत्त्वपूर्ण समयमा गलत दिशामा गइरहेको टिप्पणी गरेका छन् । अमेरिकामा कोरोनाभाइरसको केन्द्र बनेको न्यूयोर्कमा सङ्क्रमण बढ्ने अनुमान सहित बिहीबारदेखि विद्यालयहरू बन्द गर्न आदेश दिएको छ।
भाइरस सङ्क्रमण दर जाँचको तीन प्रतिशतभन्दा बढी भएपछि अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक विद्यालय प्रणाली बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। यसबाट तीन लाख बालबालिकालाई असर पर्नेछ।
फाउचीले नयाँ सङ्क्रमण बढेसँगै मृतकको सङ्ख्या थपिन सक्ने चेतावनी दिएका छन् । उनले अहिले आफूहरू एकदमै गम्भीर स्थितिमा रहेको बताए । उनले मानिसहरूलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न पुनः आग्रह गरे। खोप विकास नहुन्जेलसम्म सुरक्षात्मक उपाय अपनाउन उनले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here