अमेरिकामा आँधी र भिषण बर्षाको कारण ३ जना नेपालीको निधन

0
14

काठमाडौँ – न्यूयोर्कमा आएको आइडा नामक आँधी र भिषण बर्षाको कारण ३ जना नेपालीको निधन भएको छ। अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो)को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाको निधन भएको । सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका, हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र उनीहरुका १९ महिनाको छोरा लोप्साङ लामा सपरिवारको न्युयोर्कमा आएको मुसलधारे वर्षा र बाढीले सपरिवारको असामयिक निधन भएको छ।

                                   स्रोत : नयाँ पुस्ता.कम 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here