अभिनेता रमित ढुंगानाले बनाउने भए तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक

0
3

काठमाडौं- अभिनेता रमित ढुंगानाले तेजाब आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बनाउने भएका छ। सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् । फिल्म ‘बुद्ध बर्न इन नेपाल’का निर्माता तथा अभिनेतासमेत रहेका रमितले आफूले सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारी गरिरहेकाले त्यसको पहिलो सिर्जना मुस्कानको बायोपिक हुने बताए । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अहिले प्रि–प्रोडक्सनमा रहेको फिल्म यही पौष महिनाको अन्तिम साताबाट फ्लोरमा जाने जानकारी दिए । अभिनेता रमितले ‘बुद्ध बर्न इन नेपाल’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै मुस्कानको बायोपिकको नाम केही दिनमा सार्वजनिक गर्ने खुलाए । उनले ‘बुद्ध बर्न इन नेपाल’लाई स्थानीय तहसँगको समन्वयमा प्रत्येक विद्यालयमा प्रदर्शन गर्न लागेको बताए । निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘बुद्ध बर्न इन नेपाल’मा रमितसँगै अशिष्मा नकर्मी, नीर शाहलगायतका कलाकारको अभिनय थियो । फिल्मले विश्वमा बुद्धको जन्मस्थलका विषयमा विवाद भइरहँदा बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने देखाउन संघर्षरत एक युवकको कथालाई देखाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here